आजको युग सूचना, सञ्चार तथा प्रविधिको युग हो । समयमै प्रविधि आत्मसात् गर्ने वा भनौं नवीनतम प्रविधि आविष्कार गर्ने राष्ट्रहरू नै विकसित राष्ट्रहरूको अग्र सूचिमा आएका छन् । कुनै समय ठूलो उद्योगका लागि कलकारखाना र मानव जनशक्ति आवश्यक पर्थ्यो भने अहिले त्यस्तो अवस्था विस्तारै कम हुँदै गएको छ । मानिसले गर्ने भौतिक काम आधुनिक प्रविधिले गर्न थालेका छन् । यससँगै प्रविधिको महत्त्व दिनानुदिन बढ्दो छ ।
प्रविधिको विकास गर्नका लागि आवश्यक पर्ने जनशक्ति अहिलेको मुख्य लक्ष्य हो । संसारलाई भोलि नवीनतम प्रविधि दिने भनेकै आजका बालबालिका हुन् । तसर्थ बालबालिका र प्रविधि एक अर्काका पर्याय नै हुन् भन्दा फरक नपर्ला । यसैमा जोडिन्छ प्रोग्रामिङ वा भनौं कोडिङको शिक्षा । प्रोग्रामिङ यस्तो तत्त्व हो जसमार्फत आजका दिग्गज प्रविधिहरू नियन्त्रित छन् ।
त्यसोभए प्रोग्रामिङ भनेको के हो ? विद्यार्थीलाई किन आवश्यक छ ?
प्रोग्रामिङ विद्यार्थीलाई दिइने जादुको छडी जस्तो हो । जसको सहायताले विद्यार्थी स्वयंले कम्प्युटरमा विभिन्न कुराहरू बनाउन र त्यसलाई नियन्त्रण गर्न सक्छन् । जसरी हामी कुनै पनि कथा सुनाउन शब्दको प्रयोग गर्छौं, प्रोग्रामिङले विशेष किसिमको ‘कोड’ प्रयोग गरेर कम्प्युटरलाई विभिन्न कामहरू गराउँछ ।
कल्पना गर्नुस्, तपाईंसँग कुनै रोबोट साथी छ जो विशेष भाषा मात्र बुझ्छ । जब तपाईं रोबोटसँग त्यही विशेष भाषामा कुरा गर्नुहुन्छ तब मात्र उसले तपाईंले भन्न खोजेको कुरा के हो बुझ्छ र तपाईंले भनेको जस्तै काम गरिदिन्छ । उदाहरणका लागि चित्र बनाउन भन्नु भयो भने चित्र बनाइदिन्छ, गेम खेल्न भन्यो भने गेम खेलिदिन्छ ।
यता कम्प्युटरलाई हामी सर्वसाधारणले हाम्रै भाषामा केही काम गर्न दिन्छौं । कम्प्युटरले हाम्रो भाषालाई कोडमा परिवर्तन गर्छ र भनेजस्तै काम गरिदिन्छ । तर, यदि कसैले कम्प्युटरले बुझ्ने कोड जानेको छ भने उसले आफूले जसरी चाह्यो त्यसरी नै कम्प्युटरलाई नियन्त्रण गर्न सक्छ । त्यति मात्र नभइ इन्टरनेटमा थुप्रै उपयोगी कुराहरू बनाउन सक्छ । हो यही कोड सिक्नुलाई प्रोग्रामिङ सिक्नु भनिन्छ ।
आज आफूलाई संसारकै धनी व्यक्तिका रूपमा स्थापित गर्ने एलन मस्कले १२ वर्षको उमेरमा प्रोग्रामिङ सिकेका थिए । उनी आफैले विभिन्न स्रोतको प्रयोग गरी प्रोग्रामिङ सिके र त्यही उमेरमा ब्लास्टर नामको भिडिओ गेम समेत बनाए । उनले उक्त भिडिओ गेम त्यसबेला ५०० डलरमा बिक्री भएको थियो । उनीबाहेक फेसबुकका मालिक मार्क जुकरबर्गले सानै उमेरमा प्रोग्रामिङ सिकेका थिए । उनीजस्तै प्रविधिको सहायताले संसारनै हल्लाउन सक्ने थुप्रै व्यक्तिहरू सानै उमेरमा प्रोग्रामिङमा आकर्षित थिए ।
प्रोग्रामिङले कम्प्युटर नियन्त्रण गर्न, नयाँ प्रविधि बनाउन मात्र सघाउँदैन । यसका क्षेत्रहरू हामीले कल्पना गरेका भन्दा कैयौं बढी छन् । आजका दिनमा प्रोग्रामिङ विद्यार्थीका लागि किन आवश्यक छ भन्ने कुरा तल उल्लेख गरिएको छ ।
१) समस्या समाधान गर्ने सीप र सोच्न सक्ने शक्तिको विकास
प्रोग्रामिङ सि्नु भनेको पजल समाधान गर्नु जस्तै हो । प्रोग्रामिङ सिक्दा विद्यार्थीले विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यही क्रममा उनीहरूले त्यस्ता समस्या समाधानका उपाय आफै खोज्न सक्छन् । समस्या समाधान गर्नका लागि उनीहरूले विभिन्न तरिकाले सोच्नुपर्ने हुन्छ । हरेक कोणबाट आफूले प्रोग्रामिङ गर्दा देखिएका समस्या समाधान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा विद्यार्थीलाई यसैमा रुचि हुने भएकाले जटिल तरिकाले यसबारे सोच्न थाल्छन् । पछि समस्या समाधान हुँदा उनीहरूलाई यस्ता चुनौती समाधान गर्ने हौसला मिल्छ । जसले गर्दा विद्यार्थीको जटिल ढङ्गले सोच्ने शक्तिको विकास हुन्छ । यसरी सोच्दा रचनात्मक मानसिकताको विकास हुने विश्लेषकहरू बताउँछन् ।
२) नवीनतम कुराको विकास र रचनात्मक क्षमताको वृद्धि
प्रोग्रामिङलाई विज्ञानको कला पनि भनिएको छ । कोड लेख्नका लागि रचनात्मक क्षमताको आवश्यकता पर्छ । आफू जुन क्षेत्रमा छ त्यसभन्दा बाहिर गएर सोच्नुपर्ने हुन्छ । विद्यार्थीले प्रोग्रामिङ मार्फत कुनै पनि एप्लिकेसन वा प्रोजेक्ट बनाउँदा आफूसँग भएको रचनात्मक क्षमताको प्रयोग गर्छन् । यस्तो हुँदा हरेक समय नवीनतम विचारको उत्पती हुन्छ । त्यही विचारलाई मुर्त रूप दिन प्रोग्रामिङ आवश्यक पर्छ ।
३) भविष्यमा रोजगारीको अवसर सिर्जना गर्न
आज प्रविधि क्षेत्रमा रोजगारका करौडौं अवसर छन् भन्दा फरक पर्दैन । भौतिक रूपमा मानिसले गर्ने प्रायः काम आर्टिफिसियल इन्टेलिजेन्टद्वारा सञ्चालित मेसिन वा रोबोटले गर्न थालेका छन् । उदाहरणका लागि अहिले पनि प्रायः देशहरूमा गाडीला ड्राइभरले चलाउँछन् । तर, टेस्लाले यस्तो गाडी विकास गरेको छ, जो स्वचालित छ । त्यसलाई कसैले नचलाए पनि हुन्छ । आफू कुन ठाउँमा जाने हो त्यो ठाउँ छानिसकेपछि गाडी आफैले उपयुक्त रुट छानेर गन्तव्यसम्म पुर्याउँछ । यो सबै प्रोग्रामिङबाट सम्भव भएको हो । त्यसबाहेक पनि अन्य थुप्रै उद्योगहरू यस्ता छन जहाँ प्रोग्रामिङ अत्यावश्यक जस्तो भइसकेको छ । आज प्रविधि क्षेत्रमा प्रोग्रामरको यति धेरै माग छ भने अबको पाँच वर्ष वा दश वर्षमा त्यसको दायरा कति हुन सक्छ हामी आफै कल्पना गर्न सक्छौं ।
४) टिमवर्क र सहकार्य गर्न प्रेरित गर्न
विद्यार्थीलाई सानै उमरदेखि टिमवर्क गर्न प्रोग्रामिङले प्रेरित गर्छ । एक्लै गर्न सम्भव होला तर जति टिमवर्कमा काम गर्दा सजिलै काम बन्छ त्यति एक्लै गर्दा बन्दैन भन्ने चेतना प्रोग्रामिङले नै सिकाउँछ । टिमवर्क र सहकार्य जस्ता गुण अहिलेको अवस्थामा अत्यावश्यक जस्तै गुण हुन् । उदाहरणका लागि मान्नुस् एउटा व्यक्तिले प्रोग्रामिङ सिक्यो । त्यसैको सहायताले कुनै स्टार्टअप खोल्यो । यहाँसम्म आइपुग्दा उसलाई सबै सहज लागिरहेको हुन्छ । तर, बजार व्यवस्थापन, उपभोक्तासम्म प्रडक्ट वा सेवा पुर्याउन उसलाई अन्य व्यक्ति वा अन्य क्षेत्रमा विज्ञवा वा भनौं अनुभव हासिल गरेको मान्छे आवश्यकता पर्छ । जति ढिलो उसलाई टिमको आवश्यकता महसुस हुन्छ, प्रडक्टले बजार पाउन त्यति नै ढिलो भइसकेको हुन्छ । तसर्थ कुनै प्रडक्ट वा सेवा ल्याउँदा नै टिमवर्कको आवश्यकता परेको हुन्छ । यस्ता कुराहरू विद्यार्थीले सानैमा सिके भने पछि उनीहरू आफै भव्य स्टार्टअप स्थापना गर्न सक्छन् ।
५) प्रोग्रामिङले प्रेरणा दिन्छ
जति प्रेरक भनाइ वा कसैका विचारबाट प्रभावित भइन्छ त्योभन्दा कैयौं गुणा बढी प्रोग्रामिङले प्रेरणा दिन्छ । कोडिङ चुनौती हुन सक्छ, त्यसमा देखिने इरोरहरू सिकाइएका प्रक्रिया हुन् । जति धेरै गल्ती भेटिए त्यति नै धेरै सिक्ने अवसर मिल्छ । त्यसबाहेक पनि प्रोग्रामिङले आफै निम्त्याएका समस्या आफै समाधान गर्न गर्न सिकाउँछ । आफूलाई सीप सिक्न पछाडि पार्नु हुँदैन भन्ने शिक्षा दिन्छ । सानैमा उद्यमशिलताका बारेमा सिकाउँछ । यस्तो हुँदा विद्यार्थी उमेर नहुँदै वा उमेर भएपछि उद्यमशीलतामा आकर्षित हुन्छन् । तसर्थ प्रोग्रामिङले थुप्रै अवसरको ढोका खोलिदिन्छ ।
६) डिजिटल साक्षरता र प्रविधिबारे सचेत गराउनु
प्रविधिको विकाससँगै संसार एउटा सानो गाउँमा परिणत भइसकेको कुरा नकार्न सकिँदैन । जति प्रविधिको विकास भइरहेको छ, त्यसका लागि डिजिटल साक्षरता आधारभूत आवश्यकता बनिसकेको छ । दिनानुदिन बढ्दै गएका डिजिटल ठगीका घटना, साइबर अपराधका विभिन्न घटनाबारे मानिस सचेत रहन आवश्यक छ । त्यसका लागि प्रोग्रामिङले विद्यार्थीलाई सचेत रहन पनि सिकाउँछ । साइबर अपराध कसरी हुन्छन्, प्रविधिको दुरुपयोग गरी कसरी मानिसलाई भ्रममा पारिरहेका छन् भन्ने कुराबारे बालबालिका सचेत हुन्छन् । उनीहरूको यही सिकाइ परिवार, आफन्त, छरछिमेक र देशका लागि समेत उत्तिकै आवश्यक हुन्छ ।
७) डिजिटल दायित्वबोध गराउने
सामाजिक सञ्जाल व्यापक विस्तार भएसँगै बालबालिकाहरू त्यसैमा सक्रिय हुने प्रवृत्ति बढेको छ । नेपालको सन्दर्भमा बालबालिकाले सामाजिक सञ्जाललाई रचनात्मक कामका लागि कमै प्रयोग गरेको देखिन्छ । विशेषगरी भ्युज पाउन अभिभावकले नै बालबालिकालाई उनीहरूको रुचिबाहेकको काममा लगाउने गरेको देखिन्छ । त्यसबाहेक पनि सामाजिक सञ्जालमा आफू वा बालबालिकालाई सम्पन्न देखाउने होडबाजी नै चलेको छ । यस्ता गतिविधिमा सक्रिय हुँदा अभिभावकले डिजिटल दायित्व बिर्सिएका छन् । तसर्थ बालबालिका र अभिभावकलाई डिजिटल दायित्व बोध गराउन आवश्यक छ । बालबालिकालाई प्रोग्रामिङले दायित्वबोध गराउन सिकाउँछ ।
समग्रमा भन्नुपर्दा आज कोडिङ सिकेका बालबालिका भोलिका ठूला उद्यमी हुन् । आफ्ना सन्तानलाई सानैमा सीप सिक्न उत्प्रेरित गर्नु अभिभावकको जिम्मेवारी हो भने विद्यार्थीलाई कोडिङतर्फ आकर्षित गर्नु शिक्षकको दायित्व ।
मेरो कोडिङ क्लास
विद्यार्थीका यस्तै आवश्यकतालाई मध्यनजर गर्दै सुरु भएको कम्पनी हो ‘मेरो कोडिङ क्लास’ । मेरो कोडिङ क्लासले विद्यार्थीलाई उपयुक्त हुने कोडिङ कोर्स निर्माण गरेको छ । विशेषगरी ५ देखि ७ वर्ष उमेर समूहका बालबालिकालाई लिटल कोडर्स, ८ देखि ११ वर्ष उमेर समूहका लागि लेभल वान, लेभल टु र लेभल थ्री, १२ देखि १४ वर्ष उमेर समूहका लागि लेभल फोरदेखि लेभल सिक्स र १४ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीका लागि लेभल सेभेनदेखि लेभल टेन सम्मका कोर्सहरू सिकाइन्छ ।
यति कोर्स पूरा भइसकेपछि विद्यार्थीहरूलाई शर्टिङ र सर्च एल्गोरिदमको जानकारी हुने, आर्टिफिसियल इन्टेलिजेन्स र अनलाइन गेमको आधारभूत ज्ञान, प्रोग्राम डिजाइन र आर्किटेक्चरबारे सिकाइ हुने र पाइथनको आधारभूत पक्षबारे बुझ्ने छन् ।